काठमाडौं – पूर्व सांसद हरि बैरागी दाहालको निधन भएको छ । दाहालको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस भास्कुलर सेन्टरमा उपचारका क्रममा आज बिहान निधन भएको बताइएको छ । दाहाललाई भ्यान्टिलेटर राखेर उपचार गरिएको थियो । गत शुक्रबार बिहान कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अगाडि हृदयाघात भएर बेहोस भएर लडेपछि दाहाललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको…