चौतर्फी घेराबन्दीमा अर्थमन्त्री शर्मा, तत्काल राजीनामा देलान् ?

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी राजीनामा माग गरिएको छ । अर्थ मन्त्रालयले जेठ १४ गते रातिको सीसीटीभी फुटेज मेटिएको बताएपछि अर्थमन्त्री शर्मा चौतर्फी शंकाको घेरामा परेका छन् । बजेट भाषणको अघिल्लो रात अनधिकृत व्यक्तिलाई सामेल गरी करको दायरा परिवर्तन गरेको समाचार सार्वजनिक भएको थियो । त्यसयता सडकदेखि सदनसम्म अर्थमन्त्री शर्माको चौतर्फी विरोध भइरहेको छ…