काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु भएको छ । आइतबार दिउँसो साढे ३ बजे प्रज्ञा भवन कमलादीमा माओवादीको आठौं महाधिवेशन सुरु भएको हो । माओवादीले आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह साढे ३ बजे पुर्याएको हो । महाधिवेशनस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार…