कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, यी एजेन्डामा हुँदैछ छलफल

काठमाण्डु - सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ ।…