काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रथम स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् । आइतबार बसेकाे बैठकको सुरुवातमा अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका हुन् । ओलीले वाङसँगको भेट अत्यन्तै सौहार्दपूर्ण वातावरणमा भएको बताएका छन् । वाङसँगको भेटमा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,…