काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेकोमा आफ्नै पार्टीमाथि असन्तुष्टी पोखेका छन् । भदौबाट निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको एमालेमाथि नै नेता रावलले असन्तुष्टी जनाएका हुन् । नेता रावलले सुरु भएको संसद जनसरोकारको विषयमा सांसदहरुले बोल्न नपाउने तर सरकारले चाहे अनुसार कानुन पारित गर्न दिइरहेको भन्दै आलोचना गरेका छन् ।…