काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेशका लागि सुझावको आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तु यहि भदौ २५ गतेभित्र पार्टी कार्यालय च्यासलमा उपलब्ध गराउन पार्टीका सबै निकाय तथा कमिटी, विभाग, पार्टीसम्बद्ध जनसंगठन, पार्टीका नेताकार्यकर्ता लगायत आम नागरिकलाई आग्रह गरेको हो…