बांकेमा एमालेले गुमायो अघिल्लो वर्चश्व, अधिकांश स्थानीय तहमा कांग्रेसको जित

नेपालगञ्ज – लुम्बिनी प्रदेशको तराईको जिल्ला बाँकेका आठवटा स्थानीय तहमध्ये ६ वटाकाे नतिजा सार्वजनिक भएकाे छ । अब दुईवटा तहको मात्र नतिजा आउन बाँकी छ । घोषित नतिजाअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेको छ । ०७४ सालको परिणामका आधारमा बाँकेमा एमाले ठूलो दल हो । उसले चारवटा पालिका जितेको थियो भने कांग्रेसले दुई तथा…