काठमाण्डु – नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिने, केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय थियो ।…