निजामती सेवा ऐनलाई समयअनुसार अगाडि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । “निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन…