काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व छनोटका लागि चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ । काठमाण्डुमा सोमबार भएको मतदानबाट सभापति पदका पाँच जना उम्मेदवारहरुले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो चरणमा भएको मतदान अन्तर्गत सबै भन्दा बढी शेरबहादुर देउवाले २ हजार २५८…