दोस्रो चरणको चुनावमा सघाउन प्रकाशमानलाई शेखरको आग्रह

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र प्रकाशमान सिंह बीच भेटवार्ता भएको छ । डा. कोइरालाले बिहान सिंह निवास चाक्सीबारीमा पुगेर प्रकाशमानसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीचको भेटमा कोइरालाले दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका थिए…