काठमाण्डु - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्ता पछि नेता प्रकाश ज्वालाले दुवै पार्टीबीच सहमति पत्रको ड्राफ्ट तयार भएर छलफल समेत भइसकेको भन्दै शुक्रबार त्यसलाई अन्तिम रूप दिने जानकारी दिए । उनले भने,‘सहमति पत्रको ड्राफ्ट तयार गरेका छौं…