राज्य व्यवस्थालाई असफलतातर्फ लैजान खोजियो : रामचन्द्र पौडेल

काठमाण्डु- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर हुन सत्ता गठबन्धन दलहरुलाई आग्रह गरेका छन् । शनिबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भएको भन्दै सत्ता गठबन्धन दलहरुलाई गम्भीर हुन आग्रह गरेका हुन् । नेता पौडेलले सबैतिर गतिरोध कायम रहेको समेत बताए…