जनप्रतिनिधि लालचमा फसे, अन्तर्घातको निर्मम समीक्षा गर्छौं : मन्त्री आङ्बो

काठमाण्डु – प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात भएको स्वीकार गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री आङ्बोले प्रदेश १ मा जनप्रतिनिधिहरु पार्टी नेतृत्वप्रति इमारदार नभएको भन्दै लालच र प्रलोभनमा परेर गम्भीर अन्तर्घात गरेको बताएका छन् । उनले अन्तर्घात क्षम्य नहुने भन्दै गम्भीर र पारदर्शी छानविन हुने…