कांग्रेस महाधिवेशन : काठमाण्डु क्षेत्र नं १ को सभापतिमा राणा विजयी

काठमाण्डु – नेपाली कांग्रेस काठमाण्डु क्षेत्र नं १ को सभापतिमा रवीन्द्रविक्रम राणा विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनले राणालाई सर्वसम्मत सभापति निर्वाचित गराएको हो । सभापतिबाहेक अन्य पदमा निर्वाचन भएको कांग्रेस काठमाण्डु क्षेत्र नं १ का नेता सुरजचन्द्र लामिछानेले जानकारी दिए । निर्वाचनबाट सचिवमा रिकेश महर्जन र उमेश तिमल्सेना, सहसचिवमा प्रमोद पौडेल…