काठमाण्डु - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि १७ वटा अभियोग लगाएको छ । न्यायालयमा विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचारविरुद्ध प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै महिना दिनदेखि आन्दोलनरत बारले सोमबार सभामुखसहित दलका नेतालाई बुझाएको ज्ञापनपत्रमा चोलेन्द्रको बहिर्गमनमा १७ अभियोग उल्लेख गरिएको छ । बारका महासचिव लिलामणि पौडेलले संसदमा प्रतिनिधित्वका दलका नेतासमक्ष प्रस्तुत गरेको ज्ञापनपत्रमा प्रन्याको राजीनामा…