काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा गत शुक्रबार ५० जना प्रतिनिधिमण्डलको टोलीसहित भारत प्रस्थान गरेका थिए । प्रधानमन्त्री देउवाले भारतमा रहँदा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, उपराष्ट्रपतिसँग पनि भेट गरेका थिए…