काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि (शुक्रबार) सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएपछि प्रहरी दमनको विरोधमा शुक्रबारको सम्पूर्ण इजलास बहिष्कार गर्ने घोषणा गरिएको बारका महासचिव लिलामणि पौडेल जानकारी दिए । कार्यपालिकासँग मिलेर राजनीतिक…