काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँगको काराकानीमा प्रचण्डले सत्ता गठबन्धनभित्र हाल केही मन्त्रालय हेरफेर गर्नेबारे छलफल भइरहेको बताएका हुन् । ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ । तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको…