केपी ओली भेट्न बालकोट पुगे रामचन्द्र, सभामुखलाई हटाउनुपर्ने ओलीको सर्त

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उनी बुधबार साँझ ओलीनिवास बालकोट पुगेका हुन् । नेता पौडेलले बालकोट पुगेर एमाले अध्यक्षसमक्ष संसदको जारी अवरोध खुलाउन आग्रह गरेका थिए । उनले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह…