काठमाण्डु - सिरहा–१ बाट रास्वपाका उम्मेदवार बब्लु गुप्ता फराकिलो मतअन्तरले विजयी भएका छन्। गुप्ता सुशीला कार्की मन्त्रिपरिषद्मा खेलकुद मन्त्री बनेका थिए। उनले ३१ हजार ५३८ मतअन्तरले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बब्लुले ४१ हजार ३२२ मत प्राप्त गर्दा रामसुन्दरले ९ हजार ७८४ मत ल्याए। एमालेका रामशंकर यादवले ७ हजार ८८६ मत…