काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग जोडिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा अद्यावधिक भएको छ । कुनै समय माओवादी पृष्ठभूमिका रहेका मन्त्री घिसिङले लामो समयदेखि निष्क्रिय रहेको उज्यालो नेपाल पार्टीलाई आफू नजिकका व्यक्तिहरूमार्फत पार्टी अद्यावधिक गराएका हुन् । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार आयोगमा दर्ता रहेको उज्यालो नेपाल पार्टीको कार्यसमितिमा संशोधन…