काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर गरिएको भ्रष्टाचार मुद्दाका विषयमा शीर्ष नेताहरूसहित कानूनविद्सँग छलफल गरेको छ । पार्टीले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरण सम्बन्धी विषयमा कानूनविद्सँग छलफल गरेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णय गर्ने तत्कालीन कानूनी व्यवस्था, पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरण सम्बन्धी निर्णयको भावना, निर्णयपछि हालसम्मको अवस्था, त्यस प्रक्रियामा…