काठमाण्डु – संसदमा रहेको गतिरोध हटाउने तथा एमसीसीबारे साझा धारणा बनाउने प्रयासस्वरुप आइतबार बसेको सर्वदलीय बैठक सकिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबिना बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसबाहेक सत्ता गठबन्धनका दलहरुले एमसीसीको विरोध गरेका छन् । सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसीसी पेस गर्ने संकेत गरेपछि बैठकमा सत्ता…