काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको बैठकले विगतदेखि नै पार्टी र नेताहरूविरुद्ध चलेको षड्यन्त्रको सिलसिलाअनुसार अध्यक्ष नेपालमाथि पूर्वाग्रही ढंगले प्रतिशोध साँधिएको ठहर गरिएको छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाश…