काठमाण्डु – नेकपा (एकीकृत समाजवादी ) पार्टीका अध्यक्ष माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि असोज १३ गते त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल आज डिस्चार्ज भएका हुन् । नेता नेपालले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने भएका छन् ।