परराष्ट्रमन्त्रीको शपथ ग्रहणबारे सर्वोच्चमा परेको रिटमाथि सुनुवाई हुँदै

काठमाण्डु – नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काको शपथ ग्रहण बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । २०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि आज सुनुवाई हुने अधिवक्ता न्यौपानेले जानकारी दिए…