कुलमान घिसिङको प्रस्टोक्ति : मन्त्री पदबाट राजीनामा दिने कुनै योजना छैन

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको भन्ने समाचार असत्य भएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूले आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी प्रसारित समाचारप्रति आपत्ति जनाउँदै मन्त्री घिसिङले ती समाचारहरूमा कुनै सत्यता नभएको बताएका छन् ।…