झलनाथले दिए नेकपा फुट्न सक्ने चेतावनी

काठमाण्डु - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्न सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै खनालले पार्टीका नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति संकेत गर्दै उक्त निर्णय फिर्ता नभए पार्टी एकीकरण भई नसक्दै विशृङ्खलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने उल्लेख गरेका…