सौराहा – नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरूङले महाधिवेशन एक दिन लम्बिन सक्ने बताएका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले सर्वसम्मत केन्द्रीय कमिटीको प्रयास गर्दा महाधिवेशन सोमबारसम्म लम्बिन सक्ने बताएका हुन् । एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएकाले उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउँदा पनि कुरा मिल्न सकेको छैन । जसकारण नेतृत्व निकै ठूलो दबाबमा छ…