सभामुख र निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्न एमाले सर्वोच्च अदालत पुग्यो

काठमाण्डु – नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्धको रिट दर्ता गर्ने भएको छ । एमालेको रिट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल नेतृत्वको टोली सर्वाेच्च अदालत पुगिसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । एमालेले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा पठाएको…