काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् । सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यता सम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो शुरु गर्न दवाव दिन लागेको पौडेल पक्षका नेताहरूले बताएका छन्। आज बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षीय नेताहरूको बैठकको…