काठमाण्डु - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले एक समारोहकाबीच केसीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसी आजै दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को…