परीक्षार्थीलाई तत्काल खोप उपलब्ध गराउन विद्यार्थी संगठनहरूको माग

काठमाण्डु – सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोपको व्यवस्था गर्न माग गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेपाल विद्यादर्थी संगठन, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले परीक्षामा सहभागी हुने विद्यार्थीलाई चाँडै कोरोनाको खोप उपलब्ध गराउन माग गरेका हुन् ।