काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आइतबार दिउँसो ३ बजे ललितपुरकाे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको हो । कार्यालय सचिव शेरबहादुर तामाङले आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जानकारी दिए । शनिबारका लागि बोलाइएको बैठक माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन भन्दै…