टोपबहादुरको सर्वोच्चमा रिट : म एमाले प्रवेश गरेकै छैन, सांसद पद जोगाई पाउँ

काठमाण्डु – नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमै रहेको दाबी गरेका छन् । नेता रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले दायर गरेको रिटमा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म…