सवारी दुर्घटनामा परी निधन भएकाप्रति राष्ट्रपतिबाट श्रद्धाञ्जलि व्यक्त

काठमाण्डु— राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटमार्फत् बडादशैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेल्धुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद् दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि र…