काठमाण्डु - नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन भारतबाट चारजना नेता काठमाण्डु आइपुगेका छन् । शुक्रबारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुनका लागि छिमेकी मुलुक भारतबाट चार नेता शुक्रबार काठमाण्डु आइपुगेका हुन् । कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाण्डु आइपुगेको जानकारी…