नेपालका भाइ नेकपा एसको केन्द्रीय सदस्यमा मनोनित, पार्टीमा मापदण्ड लागू नभएको भन्दै असन्तुष्टि

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी ) को केन्द्रीय सदस्यमा सरोज कुमार उपाध्याय चयन भएका छन् । पार्टीमा केन्द्रीय सदस्य छनोट गर्न बनाएको मापदण्ड लागु नभएको भन्दै असन्तुष्टी बढिरहेका बेला अध्यक्ष माधव कुमार नेपालका कान्छा भाइ सरोज वैकल्पिक केन्द्रीय सदस्यमा चयन भएका हुन् । उनलाई पछिल्लो कार्य विभाजनमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।…