मन्त्रिपरिषद्को बैठक सुरु, यी विषयमा छलफल हुँदै 

काठमाण्डु - मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । लगातार परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएपछि आज मन्त्रिपरिषद्को बैठक बसेको हो । स्राेतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा बाढी पहिरोले देशभर पुर्‍याएको क्षति  तथा उद्धार, राहत र पुनःस्थापना लगायतका विषयमा छलफल भइरहेको छ ।