काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडान दोहार्याएका छन् । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ । तर नेता नेपालले अडान नछाडेपछि एकताको सम्भावना लगभग टरिसकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले…