काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ । राप्रपाको शनिबार बसको केन्द्रीय निर्देशन समितिको बैठकले आगामी कार्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि राप्रपाले कोरोना भाइरसको कारण देखाउँदै महाधिवेशन स्थगित गर्दै आएको थियो । तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा…