संकटमा मुख्यमन्त्री पोखरेल : अब के गर्लान ?

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संकटमा परेका छन् । विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आइरहेकै बेला जसपाका एक मन्त्री सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री पोखरेल संकटमा परेका हुन् । उनी नेतृत्वको सरकारको वैधतामाथि विपक्षी दलहरूले प्रश्न उठाउँदै आइरहेका थिए । जसपा नृपालबाट मन्त्री बनेकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार राजीनामा…