संवैधानिक इजलासमा बहसः विद्यादेवी भण्डारी तीन करोड नेपालीको राष्ट्रपति हो

काठमाण्डु – वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रतिनिधिसभा जोगाउने प्रयासलाई खिसिट्युरी गरेको भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाईमा बहस गर्दै वरिष्ठ अधिवक्ता दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले निर्दलीय अभ्यास भन्दै सार्वभौम संसद् जोगाउने अन्तिम प्रयासलाई खिसिट्युरी गर्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् । ‘राष्ट्रपतिले दलीय हैसियत नपुगेको भन्नुभएको छ । उहाँलाई संविधानले…