काठमाण्डु – वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्न अवरोध गरेको आरोप लगाएका छन् । राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा उनले ओलीले संसदमा विश्वासको मत गुमाएपछि उनी एक मिनेट पनि सरकारमा बस्न नहुने बताए । उनले भने, ’राष्ट्रपतिले भन्नुपर्थ्यो, यू आर नो मोर प्राइममिनिस्टर ।’…