सुर्खेत - कर्णाली प्रदेशमा मन्त्रालय भागबण्डाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बिवाद बढेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन यही मंसिर १४ गतेका लागि कर्णाली प्रदेशसभा बैठक आह्वान गरेपछि दुवै दलबीच बिवाद भएको हो । माओवादी केन्द्रले सत्तारुढ गठबन्धनसंग छलफल नगरी प्रदेशसभा बैठक आह्वान गरेको भन्दै असन्तुष्टि जनाएको हो…