कांग्रेस अधिवेशनमा लफडा, निर्वाचन अधिकृत नै कुटिए

काठमाण्डु - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सर्लाहीमा वडा तहको अधिवेशन हुँदैछ । गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो । आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृत नै कुटिएका छन् । मलंगवास्थित पार्टी कार्यालयमा छलफलका क्रममा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । क्रियाशील सदस्यताको विषयमा…