मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छ : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने बताएका छन् । टोखा नगरपालिकाले आज आयोजना गरेको ‘नगर स्मारिका विमोचन, सहयोगीदातालाई सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक मुद्दा सकिएकाले अब देशलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । 'जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउनुपर्छ, स्थानीय सरकारले…