संसद बैठक : भित्र एमालेको नाराबाजी, बाहिर एमसीसीको विरोधमा प्रदर्शन

काठमाण्डु – प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले नाराबाजी गरेका छन् । राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरेका हुन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका…