काठमाण्डु – अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा अमेरिकी दूतावास अगाडि प्रर्दशन भएको छ । शुक्रबार ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ ले नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रर्दशन गरेको हो । उनीहरुले एमसीसी खारेज गर्न माग गरेका छन् । प्रहरीले प्रर्दशनमा उत्रिएका युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संयोजक निर्ग जैसीसहित १० जना रहेका छन्…